५१ करोडमा सिमित भएको कारोबारमा यी कम्पनीको भयो सर्वाधिक « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

५१ करोडमा सिमित भएको कारोबारमा यी कम्पनीको भयो सर्वाधिक



काठमाडौं । साता दोस्रो कारोबारको दिन पनि शेयर बजारमा सुधार आउन सकेको छैन । वाणिज्य बैंक आगामी कात्तिक महिनाका लागि नयाँ ब्याजदर प्रकाशित नगरी असोज कै ब्याजदर कायम गर्ने सहमति भएपनि शेयर बजार सुधार आउन सकेन । ब्याजदर घटबढ हुने हो कुराले शेयर बजारमा केही सामान्य घटेको आंकलन गरीएको छ ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६१ अकंले घटेर १८५८.३३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१९ कम्पनीको १६ लाख ३१ हजार ३४९ कित्ता शेयर किनबेच हुदाँ ५१ करोड ५८ लाख १८ हजार ९८९ रुपैयाँको कारोबार भएको छ ।

आइतबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.६९ अकंले घटेर १८६०.९४ बिन्दुमा बन्द भएको थियो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको २५ लाख ७४ हजार ७८५ कित्ता शेयर किनबेच हुदाँ ८० करोड ३५ लाख २५ हजार ५३३ रुपैयाँको कारोबार भएको थियो ।

आज नेप्से झिनो अकंले घटे पनि कारोबार ५१ करोडमा सिमित भएको छ । नबिल बैंकको सर्वाधिक शेयर किनबेच भएको छ । कम्पनीको २ करोड ७९ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, प्रभु बैंकको २ करोड ६१ लाख ०७ हजार रुपैयाँ, रिडि पावरको २ करोड २६ लाख ९९ हजार रुपैयाँ र हिमालयन डिस्टलरीको १ करोड ८० लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्