तीन कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए
काठमाडौं । शेयर बजारमा सुधार आउन सकेको छैन । शेयर बजार आज दोहोरो अकंले घटेको छ । शेयर बजार ओरालो लाग्दा कारोबार पनि खुम्चिदैं गएको छ ।
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८१ अकंले घटेर १८४५.५१ बिन्दु बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१६ कम्पनीको २१ लाख ५१ हजार ७१४ कित्ता शेयर किनबेच हुदाँ ६४ करोड ३६ लाख ७ हजार ९७५ रुपैयाँको कारोबार भएको हो ।
आज अभियान लघुवित्त, सयपत्रि हाइड्रोपावर र सिटिजन्स म्युचुअल फण्ड २ को शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, अपर हेवाखोला हाइड्रोपावरको ७.६९ प्रतिशतले बढेको छ ।

त्यस्तै, पिपुल्स पावरका लागनीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको आज ७.४७ प्रतिशतले घटेको छ । कम्पनीको समलिङ पावरको ६.१३ प्रतिशत र वीन नेपालको ५ प्रतिशतले शेयर घटेको हो ।



















