अभियान लघुवित्त सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

अभियान लघुवित्त सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको अन्तिम कारोबारको दिन शेयर बजार सामान्य ओरालो लागेको छ । यो साता शेयर बजारले सामान्य गिरावटलाई निरन्तता दिएको हो ।

बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.३८ अकंले घटेर १८४४.१४ बिन्दुमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८१ अकंले घटेर १८४५.५१ बिन्दु बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको १५ लाख ४६ हजार ८५७ कित्ता शेयर किनबेच हुदाँ ५० करोड ७६ लाख ८९ हजार ५६० रुपैयाँमा कारोबार समिति भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१६ कम्पनीको २१ लाख ५१ हजार ७१४ कित्ता शेयर किनबेच हुदाँ ६४ करोड ३६ लाख ७ हजार ९७५ रुपैयाँको कारोबार भएको थियो ।

बिहिबार अभियान लघुवित्तको शेयर सर्वाधिक खरिद बिक्रि भएको छ । कम्पनीको शेयर आज ३ करोड ६९ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, गरिमा विकास बैंको २ करोड ६७ लाख रुपैयाँ, एभरेष्ट बैंकको २ करोड ४९ लाख र नबिल बैंकको २ करोड ३७ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्