नेप्से झिनो अकंले घट्यो, कारोबार ५० करोडमा झर्दा १० उपसूचक राताम्य
काठमाडौं । आज अर्थित कात्तिक ३ गते पनि शेयर बजारमा सुधार आउन सकेन । यो साता शेयर बजारमा झिनो गिरावटले निरन्तता पाएको देखिएको छ ।
शुक्रबार पनि शेयर बजारमा सुधार तिर लम्किन सकेको छैन । लगानी गर्ने समेत डराइरहेका छन् । कारोबार रकम समेत निकै खुम्चिदैं आएको छ ।
पछिल्लो समय तरलता र ब्याजदरका कारण बजार प्रभावित हुँदै आएको छ बजारमा वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने निर्णय गरेकोमा अन्य वित्तीय संस्थाले के गर्छन भन्ने डरले समेत शेयर बजार खुम्चिेको हुन सक्ने आंकलन गरीएको छ । लाभांशको सिजन चलिरहेको हुदाँ हाल कम्पनीले धमाधम लाभांश घोषणा छन् तर शेयर भाउ भने सस्तो देखिदैछ । बजार अस्थिर देखिएपनि दीर्घकालीन लगानीका लागि अहिलेको बजार अवसर बन्न सक्ने विज्ञहरु बताउछन् । शेयर बजार घटेको बेला लागनी गर्ने बातावरण भएको जानकारहरु बताउछन् ।
बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.३८ अकंले घटेर १८४४.१४ बिन्दुमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८१ अकंले घटेर १८४५.५१ बिन्दु बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको १५ लाख ४६ हजार ८५७ कित्ता शेयर किनबेच हुदाँ ५० करोड ७६ लाख ८९ हजार ५६० रुपैयाँमा कारोबार समिति भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१६ कम्पनीको २१ लाख ५१ हजार ७१४ कित्ता शेयर किनबेच हुदाँ ६४ करोड ३६ लाख ७ हजार ९७५ रुपैयाँको कारोबार भएको थियो ।
बिहिबार अभियान लघुवित्तको शेयर सर्वाधिक खरिद बिक्रि भएको छ । कम्पनीको शेयर आज ३ करोड ६९ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको हो ।
नेप्से झिनो अकंले ओरालो लाग्दा १० उपसूचकमा राताम्य भएको छ । आज ब्यापार समूहको ०.६९ प्रतिशत, विकास बैंक समूहको ०.२५ प्रतिशत र इन्भेष्टमेन्टको ०.१७ प्रतिशतले शेयर मूल्य बढेको हो ।

आज सयपत्रि हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ ।



















