सातामा शेयर बजार: कस्तो रह्यो त ?
काठमाडौं । यो साता शेयर बजारमा झिनो गिरावटले अन्तिम कारोबारसम्म निरन्तता पाएको छ । शेयर बजार यो साता ४ दिन मात्र खुलेको थियो । सताब्दी पुरूष सत्यमोहन जोशीकोे १०३ वर्षको उमेर मृत्यु हुदाँ सरकारले कात्तिक १ गते अर्थात मंगलबार देशभर सार्वजनिक बिदा दिएको थियो ।
बजारको दीर्घकालीन सुधारका लागि लगानीयोग्य रकमको पर्याप्तता र सहज ब्याजदरले महत्वपूर्ण भुमिका खेलेका हुन्छन् । लाभांशको सिजन चलिरहेको हुदाँ हाल कम्पनीले धमाधम लाभांश घोषणा छन् तर शेयर भाउ भने सस्तो देखियो । बजार अस्थिर देखिएपनि दीर्घकालीन लगानीका लागि अहिलेको बजार अवसर बन्न सक्ने विज्ञहरु बताउछन् । शेयर बजार घटेको बेला लागनी गर्ने बातावरण भएको जानकारहरुको तर्क छ ।
लगानीकर्ता अझै पनि पर्ख र हेरको स्थितिमा रहेका कारण सेयर बजारमा पनि माहोल सिर्जना हुन नसकेको विश्लेषण गरिएको छ । पछिल्लो समय तरलता र ब्याजदरका कारण बजार प्रभावित हुँदै आएको छ । शेयर भाउ सस्तो भइसक्दा पनि तरलताको अवस्था र ब्याजदर असहज भएका कारण पुँजी बजार प्रभावित बन्दै आएको छ । विगत केही साता बैंकिङ प्रणालीमा निक्षेप थपिएपनि कर्जा प्रभाव सुस्त बनेको छ । ब्याजदर महँगो आकाशिएको हुलाँ ऋण लिए लागनी गर्ने बातावरण समेत नरहेका हुदाँ लागनी गर्ने अबस्था सिर्जना भएको छैन । यो साता कारोबार रमक निकै तल खस्किएको पाइयो । लगानी गर्ने लगानीकर्ता निराश बन्दै जाँदा नजिकिदैं गएको तिहारले शेयर बजार प्रभावित बनेको विज्ञहरु बताउछन् । अब आइतबार अर्थात असोज ६ गते तिहार अघिको अन्तिम कारोबार हुने छ ।
तिहार पछि सबैं बैंक तथा वित्तीय संस्थाले लाभांश वितरण धमाधम गर्ने तथा आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक हुने हुदाँ अब शेयर बजार उकालो लाग्ने जानकारहरु बताउछन् । बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण बलियो आए शेयर बजार पनि उचालिने आंकलन गर्ने थालिएको छ । तर केही ब्यक्ति भने चुनावमा पैसा बाहिरिने र पैसामा हुने चलखेलले शेयर बजार सहि दिसामा आउने तर्क गर्छन ।
बीमा कम्पनी, बैंक, म्युचुअल फण्ड, फाइनान्सले आफ्नो गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण सुरु गरी रहेदा शेयर बजार ओरालो अझैं लगानीकर्ता के कुरेर बसेका छन् भन्ने आंकलन जानकारहरु बताउछन् । नजिकिदैं गरेको संघ र प्रदेशको चुनावमा हुने पैसाको चलखेलका कारण समेत लगानीकर्ता लगानी गर्ने डराइ रहेको आंकलन केही विज्ञहरुले गरेका छन् । देशमा चुनावी माहोल पनि सुरु भइसेकेको छ । चुनावको समयमा पैसा बजारमा आउने र बैंकिङ प्रणालीमा तरलता पनि केही सहज हुने आम बुझाई रहेको छ । यद्दपि, अझैपनि बैंक ब्याजदर उच्च रहेकोे छ र शेयर बजारले पनि ओरालो यात्रालाई निरन्तता दिएको छ ।
यो साताको आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.६९ अकंले घटेर १८६०.९४ बिन्दुमा बन्द भएको थियो । सो दिन पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको २५ लाख ७४ हजार ७८५ कित्ता शेयर किनबेच हुदाँ ८० करोड ३५ लाख २५ हजार ५३३ रुपैयाँको कारोबार भएको थियो ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६१ अकंले घटेर १८५८.३३ बिन्दुमा बन्द भएको थियो । उक्त दिन पूँजी बजारमा नेप्सेमा सूचीकृत २१९ कम्पनीको १६ लाख ३१ हजार ३४९ कित्ता शेयर किनबेच हुदाँ ५१ करोड ५८ लाख १८ हजार ९८९ रुपैयाँको कारोबार भएको थियो ।
आइतबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.६९ अकंले घटेर १८६०.९४ बिन्दुमा बन्द भएको थियो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको २५ लाख ७४ हजार ७८५ कित्ता शेयर किनबेच हुदाँ ८० करोड ३५ लाख २५ हजार ५३३ रुपैयाँको कारोबार भएको थियो ।
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८१ अकंले घटेर १८४५.५१ बिन्दु बन्द भएको थियो । सो दिन पूँजी बजारमा नेप्सेमा सूचीकृत २१६ कम्पनीको २१ लाख ५१ हजार ७१४ कित्ता शेयर किनबेच हुदाँ ६४ करोड ३६ लाख ७ हजार ९७५ रुपैयाँको कारोबार भएको थियो ।
बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.३८ अकंले घटेर १८४४.१४ बिन्दुमा बन्द भएको थियो । उक्त दिन पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको १५ लाख ४६ हजार ८५७ कित्ता शेयर किनबेच हुदाँ ५० करोड ७६ लाख ८९ हजार ५६० रुपैयाँमा कारोबार समिति भएको थियो ।
यसरी हेर्दा यो साता नेप्सेमा झिनो गिरावट देखिएपनि कारोबार रकम भने खुम्चिदैं गएको छ । साताको पहिलो दिन ८० करोडमा सिमित कारोबार अन्तिम दिनसम्म आइपुग्दा ५० करोडमा खुम्चिएको हो । खरीद गर्नेले अझै सस्तोमा खरीद गर्न खोजेको र बेच्नेले सस्तोमा बेच्न नखोजेको देखिन्छ । सोही कारण पनि कारोबार रकम घटेको हो ।


















