नेप्से १४.३५ अकंले बढ्यो, ५१ करोडको कारोबार हुदाँ १० उपसूचकमा हरियाली « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से १४.३५ अकंले बढ्यो, ५१ करोडको कारोबार हुदाँ १० उपसूचकमा हरियाली



काठमाडौं । हिन्दु नेपालीहरुको महान चार्ड दशैं सकिएपछि आजबाट तिहार शुरु भएको छ । तिहारको पहिलो दिन काग तिहारबाट सरु भएसँगै भोलिदेखि एक साता सार्वजनिक बिदा हुने छ । बि.स २०७९ को दिपावली सुरु भएपछिको अन्तिम कारोबारको दिन शेयर बजार सकारात्मक तिर लम्किदैं बन्द भएको छ ।

अघिल्लो साता झिनो गिरावटले निरन्तता पाएको शेयर बजारमा आज भने सुधार तिर लम्किएको हो । शेयर बजार अब एक साताका लागि बन्द हुने छ । सबैं बैंक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरी रहेको हुदाँ शेयर बजार अब ओरालो नलाग्ने केही जानकारहरु बताउछन् ।

त्यस्तै, संघ र प्रदेशको चुनाव नजिकिदैं गर्दा पैसामा चलखेल हुनका साथै बैैंक तथा वित्तीय संस्थाबाट पैसा बाहिरीने भएको हुदाँ शेयर बजार चुनाव पछिको बन्ने नयाँ सरकारले तय गर्ने केही जानकारहरु बताउछन् । शेयर बजारमा लाभांश खाने यो उपयुक्त समय हुदाँ लगानीकर्ता अझै के कुराले डराएका हुन भन्ने प्रश्न खडा गरेको छ ।

कारोबार रकम समेत निकै तल खस्किदा शेयर बजारमा यस्तो लाभांश सिजनमा लगानीकर्ता पछिल्लो समय तरलता र ब्याजदरका कारण बजार डराएको आकंलन गरीएको छ ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.३५ अकंले बढेर १८५८.४९ बिन्दु बन्द भएको छ । बिहिबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.३८ अकंले घटेर १८४४.१४ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता शेयर किनबेच हुदाँ ५१ करोड ६८ लाख ३ हजार ४८३ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको १५ लाख ४६ हजार ८५७ कित्ता शेयर किनबेच हुदाँ ५० करोड ७६ लाख ८९ हजार ५६० रुपैयाँमा कारोबार सिमित भएको हो ।

आज नेप्सेमा सुधार आउँदा १० उपसूचकमा हरियाली छाएको छ । आज ब्यापार समूहले ०.४९ प्रतिशत, होटल तथा पर्यटन समूहले ०.५४ प्रतिशत र म्युचुअल फण्ड समूहले ०.३६ प्रतिशतले शेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्