२ कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ता सर्वाधिक कमाए-गुमाए
काठमाडौं । तिहार अघिको अन्तिम कारोबारको दिन शेयर बजारमा सुधार देखिएको छ । शेयर बजारमा सुधार आउँदा समेत आज कारोबार भने माथि आउन सकेको छैन ।
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.३५ अकंले बढेर १८५८.४९ बिन्दु बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता शेयर किनबेच हुदाँ ५१ करोड ६८ लाख ३ हजार ४८३ रुपैयाँको कारोबार भएको छ ।
आज २ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज रुरु जलविद्युत प्रयोजना र सयपत्रि हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ ।

त्यस्तै, सिटिजन म्युचुअल फण्डको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, अभियान लघुवित्तको शेयर ७.६० प्रतिशतर र महुली लघुवित्तको ४.०३ प्रतिशतले घटेको हो ।



















