बोनस भन्दा नगद लाभांशमा केन्द्रित कम्पनीहरु, हालसम्म कति वटाले गरे लाभांश घोषणा ? « Arthapath.com
१२ असार २०८३, शुक्रबार

बोनस भन्दा नगद लाभांशमा केन्द्रित कम्पनीहरु, हालसम्म कति वटाले गरे लाभांश घोषणा ?



काठमाडौं । यस वर्षका लागि लाभांश सिजन सुरु भएको छ । कम्पनीहरुले धमाधम गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरिरहेका छन् ।

हालसम्म म्युचुअल फण्ड बाहेकका १५ वटा कम्पनीहरुले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।

गत आवको मुनाफाबाट यसवर्षका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, सोल्टी होटेल, नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी), सानिमा बैंक, बैंक अफ काठमाण्डू, कुमारी बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, सिटिजन्स बैंक, रु रु जलविद्युत परियोजना, अरुण काबेली पावर, सानिमा माइ हाइड्रोपावर रहेका छन् ।

यस्तै, नेपाल ल्युब आयल, बोटलर्स नेपाल तराई र बालाजुले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् ।
अघिल्लो वर्षको तुलनामा कम्पनीहरू बोनस सेयरभन्दा नगद लाभांशमै केन्द्रित भएको देखिएको छ । यसवर्षका लागि कम्पनीहरुले नगद लाभांश जोडदिएका छन् ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई १६.५१ प्रतिशत लाभांश दिने भएको हो । यस वर्षका लागि सानिमा बैंकले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश, ग्लोबल आइएमई बैंकले ३ प्रतिशत बोनस र १०.६ प्रतिशत नगद लाभांश दिने भएको हो ।

सोल्टी होटेलले पनि गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । होटेलले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र २१.३१७८९४७ प्रतिशत नगद लाभांश दिने भएको हो ।

यस वर्षका लागि बैंक अफ काठमाण्डूले २०.९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आफ्ना सेयरधनीलाई ६ प्रतिशत बोनस र १४.९५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

एनसीसी बैंकले आफ्ना सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद लाभांश दिने भएको हो ।

यस्तै, गत आवको मुनाफाबाट कुमारी बैंकले १२.५ प्रतिशत, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ४.५२६३ प्रतिशत र सिटजन्स बैंकले ९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । यी तीनै वटा बैंकले सेयरधनीहरुलाई बोनस नदिने भएका हुन् ।

त्यसैगरि, गत आवको मुनाफबाट रुरु जलविद्युत परियोजनाले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको छ भने अरुण काबेलीले १० प्रतिशत बोनस सेयर र सानिमा माई हाइड्रोपावरले ५.२६३२ नगद लाभांश वितरण गर्ने भएको हो ।

यता, नेपाल ल्यूब आयालले भने २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरि कुल ३० प्रतिशत लाभांश दिने भएको हो । जुन प्रस्तावित लाभांश असोज ३० गते बसेको साधारण सभाले पारित गरिसकेको छ ।

यस वर्षका लागि बोटलर्स नेपाल बालाजुले २० प्रतिशत र बोटलर्स नेपाल तराईले भने ६० प्रतिशत नगद लाभांश मात्रै दिने भएका छन् । कम्पनीले सेयरधनीहरुलाई बोनस सेयर भने नदिने भएका हुन् ।

कुनको लाभांश कति ?


प्रतिक्रिया दिनुहोस्