उचालियो शेयर बजार, १३ वटै उपसूचकमा लाग्यो हरियाली कारोबार लम्कियो १ अर्ब २९ करोड माथि « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

उचालियो शेयर बजार, १३ वटै उपसूचकमा लाग्यो हरियाली कारोबार लम्कियो १ अर्ब २९ करोड माथि



काठमाडौं । शेयर बजार मंगलबार आकाशिएको छ । शेयर बजार छलाङ आउँला लगानीकर्ता उत्साहित हुनका साथै लगानी गर्ने समेत प्रोत्साहन मिलेको छ ।

शेयर बजारमा अब लगानीकर्ताले ब्याजदरको त्रासलाई सहज रुपमा बुझ्दा शेयर बजारमा उकालो लागेको छ । शेयर बजार अब बढ्ने की घट्ने भन्ने कुरा लगानीकर्ताको मनोबलले निर्धारण गर्ने भएकाले अब शेयर बजार निरन्तर सकारात्मक तिर लम्किने विज्ञहरु बताउछन् ।

साथै, चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अधिकांश ठूला कम्पनीको राम्रो आउदैं गरेकाले पनि शेयर बजारले अब सहि दिसा दिन आंकलन गर्ने थालिएको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.११ अकंले बढेर १९३०.९९ बिन्दमा बन्द भएको छ । सोमबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.३९ अकंले बढेर १८७४.८७ बिन्दु बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ३९ लाख ७१ हजार ५९४ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६४१ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन पूँजी बजारमा नेप्सेमा सूचीकृत २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता शेयर किनबेच हुदाँ ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँको कारोबार भएको थियो ।

शेयर बजार उकालो लाग्दा आज १३ वटै उपसूचकमा हरियाली छाएको छ । शेयर बजारमा आज बैंकिङ समूहको २.२ प्रतिशत, ब्यापार समूहको ४.५६ प्रतिशत, होटल तथा पर्यटन समूहको २.०९ प्रतिशत, विकास बैंक समूहको ३.९५ प्रतिशत, हाइड्रोपावर समूहको ४.३७ प्रतिशतले शेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्