छलाङ आएको शेयर बजारमा यी लगानीकर्ता सर्वाधिक कमाए-गुमाए « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

छलाङ आएको शेयर बजारमा यी लगानीकर्ता सर्वाधिक कमाए-गुमाए



काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.११ अकंले बढेर १९३०.९९ बिन्दमा बन्द भएको छ । मंगलबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ३९ लाख ७१ हजार ५९४ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६४१ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से निकै माथि जाँदा न्यादी हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, युनिर्भसल पावरको ९ प्रतिशत, युनियन हाइड्रोपावरको ८.८२ प्रतिशत र माउन्टेन हाइड्रो नेपालको ८.७७ प्रतिशतले शेयर बढेको हो ।

त्यस्तै, एनसीसी डिबेञ्चरका इकाईधनीहरुले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ३.९१ प्रतिशतले घटेको हो । साथै,सिटिजन्स म्युचुअल फण्ड १ का् ३.७३ प्रतिशत र गरिमा डिबेञ्चरको २.५८ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्