नेप्से १६.१४ अकंले घट्यो, खुम्चिएको कारोबारमा ११ उपसूचक राताम्य
काठमाडौं । यो साताको अन्तिम कारोबारको दिन आएर फेरी शेयर बजार ओरालो लागेको छ । शेयर बजार आज ओरालो लागेसँगै कारोबार रकम समेत खुम्चिएको हो । तिहार यता निरन्तर उकालो यात्रा तय गर्दै गरेको शेयर बजार आज भने फेरी ओरालो लागेको हो ।
केही दिन यता निरन्तर शेयर बजार उकालो लागेको हुदाँ आज केही नकारात्मक सूचक देखा परेको र शेयर अब खासै ओरालो नलाग्ने जानकारहरु बताउछन् । बैंक तथा वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ठूला कम्पनीको वित्तीय अवस्था राम्रो आएको, बैंकहरुको ब्याजदर लगानीकर्ताले सहजै रुपमा बुझेको र लगानीकर्ताको मनोबल उत्साह तिर गइरहेको हुदाँ अब शेयर बजार उकालो लाग्ने आंकलन गरीएको छ । र यो समय लगानी गर्ने सहि तथा उपयुक्त गतब्य रहने विज्ञहरु बताउछन् ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.१४ अकंले घटेर १९२२.१६ बिन्दुमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३२ अंकले वृद्धि भई १९३९.३० बिन्दुमा बन्द भएको थियो ।
बिहिबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीको २७ लाख ६७ हजार ५३९ कित्ता शेयर किनबेच हुदाँ ८९ करोड ८९ लाख ७ हजार ८२९ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने १ अर्ब ४६ करोड ७९ लाख १४ हजार रुपैयाँ बराबरको ४३ लाख ४६ हजार ७०८ कित्ता सेयर कारोबार भएको थियो ।
आज ११ उपसूचक राताम्य भएका छन् भने २ उपसूचकमा हरियाली छाएको छ ।बिहिबार निर्जीवन बीमा समूहको ०.०१ प्रतिशत र जीवन बीमा कम्पनीको ०.०२ प्रतिशतले शेयर मूल्य बढेको हो ।

त्यस्तै, आज सर्वाधिक कारोबार एभरेष्ट बैंक लिमिटेडको भएको छ । बैंकको आज ४ करोठ ३ लाख भन्दा माथिको कारोबार भएको हो ।

साथै, यूनिलिभर नेपालको शेयर ६.५६ प्रतिशतले बढेको छ भने विन नेपाल लघुवित्तको शेयर ४.९४ प्रतिशतले घटेको हो ।


















