युनिलिभर नेपालका शेयरधनी मालामाल, यी कम्पनीले कमाए सर्वाधिक « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

युनिलिभर नेपालका शेयरधनी मालामाल, यी कम्पनीले कमाए सर्वाधिक



काठमाडौं । साताको अन्तिम कारोबारको दिन शेय बजार ओरालो लागेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.१४ अकंले घटेर १९२२.१६ बिन्दुमा बन्द भएको हो ।

बिहिबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीको २७ लाख ६७ हजार ५३९ कित्ता शेयर किनबेच हुदाँ ८९ करोड ८९ लाख ७ हजार ८२९ रुपैयाँको कारोबार भएको हो

आज यूनिलिभर नेपालका लगानीकर्ता मालामाल भएका छन् । कम्पनीको शेयर ६.५६ प्रतिशतले बढेको छ । कम्पनीको शेयर हाल प्रतिकित्ता १९ हजार ५०० रुपैयाँ पुगेको छ । आज मात्र कम्पनीको शेयर १२०० रुपैयाँले बढेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश दिए पछि कम्पनीको शेयर बढेको हो ।

साथै, नबिल ब्यालेन्ड फण्ड २ को ५.९२ प्रतिशत, सेन्चुरी डिबेञ्चर २०८८ को ३.१८ प्रतिशत र सिटिजन म्युचुअल फण्ड २ को २.६८ प्रतिशतले शेयर बढेको हो ।


प्रतिक्रिया दिनुहोस्