साढे १ करोड भन्दा बढी कित्ता आइपीओ जारी हुदैं, बोर्डबाट पाए ४ कम्पनीले अनुमति ! कुनको कति ?

काठमाडौं ः नेपाल धितोपत्र बोर्डले ४ कम्पनीलाई आइपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले ३ वटा हाइड्रोपावर र १ लघुवित्त कम्पनी गरी ४ कम्पनीलाई आइपीओ निष्कासन गर्ने अनुमति दिएको हो ।
मकर जितुमाया सुरी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता सेयर बिक्री गर्न अनुमति पाएको छ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।
सानिमा मिडल तमोर हाइड्रोपावरले स्थानीय र सर्वसाधारणलाई गरी कुल ८३ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको ८३ लाख ३१ हजार २५० कित्ता सेयर बिक्री गर्न अनुमति पाएको छ । कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
सगरमाथा जलविद्युत कम्पनीलाई ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता सेयर बिक्री गर्न अनुमति पाएको छ । कम्पनीको बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।
साथै, बिपीडब्लु लघुवित्तले ९७ लाख रुपैयाँ बरारबको ९७ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको छ । यसमा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केटले गर्नेछ ।
यी ४ वटै कम्पनीले १०० रुपैयाँ अंकितदरमा आइपीओ निष्कासन गर्ने छन् । तीन हाइड्रोपावरले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपाली तथा दोस्रा् चरणमा सर्वसाधारणका लागि बिक्री खुला गर्नेैछ ।