सनराइज फोकस्ड इक्विटी फण्ड आजदेखि बिक्री खुला, कति इकाई आवदेन दिने सकिन्छ ? « Arthapath.com
१० माघ २०७९, मंगलवार

सनराइज फोकस्ड इक्विटी फण्ड आजदेखि बिक्री खुला, कति इकाई आवदेन दिने सकिन्छ ?



काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले सनराइज फोकस्ड इक्विटी फण्डको इकाई विक्री खुला भएको छ। क्यापिटलले आज अर्थात माघ १० गतेदेखि यो फण्ड सञ्चालनका लागि प्रतिइकाई १० रूपैयाँ अंकित मूल्यका १२ करोड इकाई विक्री गरेको हो ।

कुल इकाईमध्ये १ करोड ८० लाख इकाई कोष प्रवद्र्धक सनराइज बैंक लिमिटेडलाई सुरक्षित राखिएको छ । योबाहेक बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक निष्कासनमार्फत विक्रीमा ल्याउन लागिएको हो । उक्त इकाई छिटोमा माघ १३ गते र सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि माघ २४ गतेसम्म विक्री अवधि तय गरिएको छ । इकाई खरीदकर्ताहरूले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।

१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको कूल आकार १ अर्ब २० करोड रूपैयाँ रहेको छ । यस योजनाको इकाई बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

खरीदकर्ताहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्