हिमालयन उर्जा विकास कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौ. । हिमालयन उर्जा विकास कम्पनीले लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको माघ १३ गते बसेको संचालक समितिको बैठकले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २ सय प्रतिशत अर्थात १ः२ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने छ । कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृती लिई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र हकप्रद शेयर निष्कासन प्रक्रिया अगाडि बढाउनेछ ।
सौथ, सो पश्चात नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिई स्वीकृती पाएपछिमात्रै हकप्रद शेयर निष्कासन गर्नेछ ।
्