साढे १३ अर्बको आइपीओ आउँदै, अनुमतिको पर्खाइमा दुई दर्जन कम्पनी (विवरणसहित) « Arthapath.com
११ फाल्गुन २०७९, बिहीबार

साढे १३ अर्बको आइपीओ आउँदै, अनुमतिको पर्खाइमा दुई दर्जन कम्पनी (विवरणसहित)



काठमाठौं । नेपाल धितोपत्र बोर्डमा अहिले २६ कम्पनीहरुले आइपीओ निष्कासनका लागि अनुमति माग गरेका छन् । ती कम्पनीहरु मध्य २ कम्पनी बुक विल्डिक विधिबाट र ५ कम्पनीहरु प्रिमियमबाट आइपीओ निष्कासनका लागि अनुमति माग गरि रहेका छन् ।

२६ कम्पनी १३ अर्ब ५८ करोड ३५ लाख ७ हजार २६० रुपैयाँ बराबरको ८ करोड ३ लााख ८९ हजार ८१६ कित्ता आइपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिनएका हुन ।

पाँच कम्पनी प्रिमियममा आइपीओ निष्कासन गर्ने
सोनापुर मिनरल्स एण्ड आयल्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, भगवती हाइड्रोपावर, माण्डू हाइड्रोपावर र घोराही सिमेन्टले प्रिमियर मूल्यमा आइपीओ निष्कासनका लागि आवेदन दिएका हुन ।

सोनापुर मिनरल्स एण्ड आयल्सले ३ अर्ब २ लाख १५ हजार २२ हजार ६२३ रुपैयाँ बराबरको १ करोड २३ लाख २ सय कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २२५ रुपैयाँमा स्थानीयबासी र कर्मचारीका लागि आईपीओ निष्कासन गर्ने छ भने सर्वसाधारणलाई १४९ रुपैयाँ ८४ पैसा प्रिमियम थपेर २४९ रुपैयाँ ८४ पैसामा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल हो ।

त्यस्तैगरि, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ५४ करोड ४० लाख रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्कासन गर्ने छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट हो ।

साथै, मान्डु हाइड्रोपावर कम्पनीले ४० करोड ५८ लाख १९ हजार ७६० रुपैयाँ बराकरको १६ लाख ३६ हजार ३७० कित्ता सेयर निष्कासन गर्नेका लागि बोर्डमा आवेदन दिएको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १४८ रुपैयाँ प्रिमियम थपेर स्थानीय र सर्वसाधारणलाई २४८ रुपैयाँ प्रतिकित्ताका दरले सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १६ करोड ५८ लाख ९८ हजार ७९२ रुपैयाँ बराबरको १४ लाख ३० हजार १६२ कित्ता सेयर निष्कासन गर्ने छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ निष्कासन गर्ने भएको हो । यसको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

घोराही सिमेन्टले ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँ बराबरको ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि ३ लाख ९७ हजार १९० कित्ता र सर्वसाधारणलाई ७५ लाख ४६ हजार ६११ कित्ता सेयर निष्कासन गर्ने भएको छ । स्थानीयलाई १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४०० रुपैयाँमा र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँमा निष्कासन गरिने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

२ कम्पनीहरुले भने बुक बिल्डिङ विधि मार्फत

त्यस्तै, २ कम्पनीहरुले भने बुक बिल्डिङ विधि मार्फत आइपीओ निष्कासन गर्ने भएका छन् । सर्वाेत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधि मार्फत आइपीओ निष्कासन गर्ने भएका हुन ।

सर्वोत्तम सिमेन्टले सुरुमा २४ लाख कित्ता आईपीओ निष्कासन गर्ने बोर्डमा आवेदन दिएको हो । कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

रिलायन्स स्पिनिङ मिल्सले ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर निष्कासन गर्ने छ । कम्पनीको बिक्री प्रबन्धक पनि ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

१९ कम्पनीको आइपीओ

त्यस्तै, १९ कम्पनीहरुले सर्वसाधारणका लागि आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । सबैं भन्दा धेर्रै मोदी इनर्जीले आइपीओ निष्कासनको अनुमति माग गरेको हो । कम्पनीले ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता सेयर निष्कासनका लागि आवेदन दिएको हो ।

साथै, आइएमई जनरल इन्स्योरेन्सले ६० लाख कित्ता, नेपाल रिपब्लिक मिडियाले ४३ लाख ५३ हजार कित्ता, मुक्तिनाथ कृषि कम्पनीले ४ लाख कित्ता, मिथिलो मैलुङ खोला जलविद्युतले २५ लाख कित्ता, डिश होम नेटवर्कले २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएको हो ।

साथै, मिड सोलु हाइड्रोपावरको १४ लाख ९६ हजार ८ सय कित्ता, हाथ्ओय इन्भेष्टमेन्ट नेपालले २९ लाख २५ हजार कित्ता, ट्रेड पावरको ११ लाख ५८ हजार ९८० कित्ता, चिरुख्वा हाइड्रोपावरले १२ लाख कित्ता आइपीओ जारी गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्