बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आइपीओ बाँडफाँट गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि निष्कासन गरेको आइपीओ बाँडफाँट गरेको हो ।
उक्त आइपीओमा १५ हजार ९१८ जनाले आवेदन दिएको थिए । जसमा संस्थाको आइपीओ ९०७ जनाले १० कित्ता सेयर प्राप्त गरेका गरेका हुन ।
लघुवित्तले आफ्नो जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको थियो । यस लघुवित्तले माघ २२ गतेदेखि फागुन ८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आइपीओ बिक्री खुला गरेको थियो ।
कम्पनीको आइपीओ यी तरिकाबाट हेर्न सकिन्छ
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः https://iporesult.cdsc.com.np/
बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइटः https://megacapitalmarkets.com/
सिडीएससीको मेरोशेयरको वेबसाइटः https://meroshare.cdsc.com.np/#/login
