पैसाको जोहो गर्नुहोस् है ! बिपिडब्लु लघुवित्तले भोलिदेखि आइपीओ बिक्री खुला गर्दै « Arthapath.com
१७ फाल्गुन २०७९, बुधबार

पैसाको जोहो गर्नुहोस् है ! बिपिडब्लु लघुवित्तले भोलिदेखि आइपीओ बिक्री खुला गर्दै



काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण लगानीकर्तालाई बिहीबार (फागुन १८ गते) देखि आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको २६.९८ प्रतिशतले हुन आउने ८० लाख ९५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो । जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा ८० हजार ९५० कित्ता सेयर निष्कासन हुनेछ । यसमध्ये १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ ।

यस्तै, जारी पुँजीको ०.५ प्रतिशत अर्थात् १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ५४ हजार ७५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

उक्त आइपीओमा छिटोमा फागुन २३ गते र ढिलोमा चैत २ गतेसम्म पनि भर्न पाइनेछ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।

कम्पनीको बिक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्