तपाइलाई पर्यो त बिपिडब्लु लघुवित्तको आईपीओ ? यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आइपीओ मेगा क्यापिटलमा आज शुक्रबार बिहान बाँडफाँट भएको छ ।
आईपिओमा कुल १४ लाख ५९ हजार ७ सय ८४ जना आवेदकबाट १ करोड ५७ लाख ३५ हजार ८ सय १० कित्ताको लागि आवेदन परेको थियो। जस मध्ये १५ सय ६ जनाको आवेदन रद्द भएको छ । मागभन्दा बढीको आवेदन परेकोले योग्य रहेका १४ लाख ५८ हजार २ सय ७८ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ।
जस अनुसार ८ हजार ९५ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हातखाली भएका छन् ।
कम्पनीको आइपीओ यी तीन तरिकाबाट हेर्न सकिन्छ
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः iporesult.cdsc.com.np/
बिक्रि प्रबन्धक मेगा क्यापिटलको वेबसाइट https://megacapitalmarkets.com/
सिडीएससीको मेरोशेयरको वेबसाइटः meroshare.cdsc.com.np/#/login