कालिन्चोक दर्शनको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.३९ अकंले बढेर १८७५.०७ बिन्दुमा बन्द भएको छ ।
पूँजी बजारमा नेप्सेमा सूचीकृत २६२ कम्पनीको २६ लाख २ हजार ९५६ कित्ता किनबेच हुदाँ ८१ करोड ६० लाख ४६ हजार ७९० रुपैयाँको कारोबार भएको छ ।
आज कालिन्चोक दर्शनको सेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर प्रतिकित्ता २५ रुपैयाँ ७० पैसाले बढेर २८३ रुपैयाँ ५० पैसा पुगेको छ ।
बुधबार सानिमा ग्रोथ फण्डको ८.०७ प्रतिशत, लक्ष्मी लघुवित्तको ७.४१ प्रतिशत, समता घरेलु लघुवित्तको ६.२२ प्रतिशतले बढेको हो ।
