यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.३९ अकंले बढेर १८७५.०७ बिन्दुमा बन्द भएको छ ।
पूँजी बजारमा नेप्सेमा सूचीकृत २६२ कम्पनीको २६ लाख २ हजार ९५६ कित्ता किनबेच हुदाँ ८१ करोड ६० लाख ४६ हजार ७९० रुपैयाँको कारोबार भएको छ ।
बुधबार शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ६ करोड ४३ लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ ।
नबिल बैंकको २ करोड ३५ लाख ८४ हजार रुपैयाँ, गुराँस लाइफ इन्स्योरेन्स २ करोड २१ लाख ५९ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको १ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ ।
