‘पर्ख र हेर’ रणनीति अपनाउँदै लगानीकर्ता: नेप्से ८ अकंले घट्यो, कारोबारमा पनि छैन सुधार ! « Arthapath.com
१२ असार २०८२, बिहीबार

‘पर्ख र हेर’ रणनीति अपनाउँदै लगानीकर्ता: नेप्से ८ अकंले घट्यो, कारोबारमा पनि छैन सुधार !



काठमाडौं । साताको अन्तिम कारोबारको सेयर बजार फेरी ओरालो लागेको छ । बुधबार सामान्य सुधारका आएको बजारले फेरी ओरालो बाटो समालेको छ ।

अर्थमन्त्री प्रकाशसरण महतले लगानीकर्तासँग निरन्तर छलफल गरी रहेका छन् । सेयर बजार सुधार तिर सरकार सकरात्मक रहेको र ब्याजदर घटाउने विषयमा छलफलमा रहेका बताइरहदाँ पनि बजार सुधार आउन सकेको छैन । लगानीकर्ता पर्ख र हेर मै बसेका छन् ।

लगानीकर्ताले आश्वासन भन्दा पनि काम हेर्ने खोजेका छन् । बजारले निरन्तर ओरालो यात्रा समालि रहदाँ आफ्नो अर्बो रकम गुम्ने डरमा लगानीकर्ता रहेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८ं.२८ अकंले घटेर १८६६.७९ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६९ कम्पनीको २८ लाख ७० हजार ८१९ कित्ता सेयर किनबेच हुदाँ ९२ करोड ६ लाख ८६ हजार ९४ रुपैयाँको कारोबार भएको छ ।

बिहिबार ३ उपसूचकमा हरियाली आउँदा १० उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.०४ प्रतिशत, निर्जीवन बीमा समूहको ०.०२ प्रतिशत र ब्यापार समूहको ०.१९ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्