शिवम सिमेन्ट, नेपाल रिइन्स्योरेन्स र नबिल बैंकको भयो सर्वाधिक कारोबार, कुनको कति ?

काठमाडौं । साताको अन्तिम दिन बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८ं.२८ अकंले घटेर १८६६.७९ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६९ कम्पनीको २८ लाख ७० हजार ८१९ कित्ता सेयर किनबेच हुदाँ ९२ करोड ६ लाख ८६ हजार ९४ रुपैयाँको कारोबार भएको छ ।
बिहिबार शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर ४ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ ।
साथै, नेपाल रिइन्स्योरेन्स कम्पनीको २ करोड ९६ लाख ७६ हजार रुपैयाँ, नबिल बैंकको २ करोड ९४ लाख ९५ हजार रुपैयाँ, हिमालयन डिष्टिलरीको २ करोड ३८ लाख १६ हजार रुपैयाँ र एनआइसी एशिया बैंकको २ करोड १३ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ ।
