सेयर बजारमा छैन चमक, २८.३१ अकंले घट्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन पनि सेयर बजार राताम्य भएको छ । गत साताको अन्तिम कारोबारको दिन समेत ओरालो लागेर बन्द भएको बजारमा यो साताको सुरुवात मै भारी गिरावट आएको छ ।
अर्थमन्त्री प्रकाश सरण महतले लगानीकर्ताको मनोबल उच्च बनाउन आश्वासन दिइ रहेको भए पनि लगानीकर्ता काम हेर्ने खोजी रहेका छन् । सेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता आन्दोलित बन्ने अबस्था सिर्जना भएको छ ।
हाल देखिएको तरलता संकटका साथै, चर्को ब्याजदरका कारणले सेयर बजारलाई प्रभाव पारेको देखिएको छ । अहिले ब्याजदर निकै महँगो भएकाले पनि नेप्सेले गति समात्न नसकेको केही जानकारहरु बताउछन् । राष्ट्र बैंकको नीतिका कारण पनि लगानीकर्ताहरु लामो समयदेखि ‘पर्ख र हेर’को अवस्थामा छन् ।
लघुवित्तलाई बोनस सेयर वितरणमा गरिएको कडाइ कडाइले समेत सेयर बजार प्रभावित बन्दै गएको छ । लगानीकर्ता अर्बो रकम गुमि सकेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.३१ अकंले घटेर १८३८.४८ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६८ कम्पनीको ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४११ रुपैयाँको कारोबार भएको छ ।
आइतबार १३ उपसूचक नै राताम्य भएका छन् । आज बैंकिङ समूहको १.२६ प्रतिशत, विकास बैंक समूहको १.८० प्रतिशत, फाइनान्स समूहको १.७६ प्रतिशत, हाइड्रोपावर समूहको २.३५ प्रतिशत, जीवन बीमा समूहको १.९२ प्रतिशत लगायत १३ कम्पनीको सेयर मूल्य राताम्य भएको हो ।
