फेरि थप दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ? « Arthapath.com
१२ असार २०८२, बिहीबार

फेरि थप दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?



काठमाडौं । आइतबार दुई कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भएको छ । नेप्सेमा ङादी ग्रुप पावर र श्री इन्भेष्टमेन्ट फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।

ङादी ग्रुप पावरले ४.७५ प्रतिशत बोनस बापतको ८ लाख ३९ हजार ४८२.२२५ कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको छ । यता, श्री इन्भेष्टमेन्ट फाइनान्सले भने २.४० प्रतिशत बोनस बापतको २ लाख ३० हजार ८२ कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

यी दुवै कम्पनीको बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्माभएपछि खरिदबिक्री गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्