नबिल बैंक र शिवम सिमेन्टको सेयरमा झुम्मिए लगानीकर्ता, कति भयो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.३१ अकंले घटेर १८३८.४८ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६८ कम्पनीको ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४११ रुपैयाँको कारोबार भएको छ ।
आइतबार नबिल बैंकको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ५ करोड ७८ लाख ५५ हजार रुपैयाँको कारोबार भएको हो ।
साथै, शिवम सिमेन्टको ५ करोड७८ लाख ३७ हजार रुपैयाँ, हिमालयन डिष्टिलरीको ३ करोड ४७ लाख ५२ हजार रुपैयाँ र ग्लोबल आइएमई बैंकको ३ करोड २६ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ ।
