कालिञ्चोक दर्शनको सेयरमा सर्किट, कुनको कति कमाए ?

काठमाडौं । साताको सुरुवात मै सेयर बजारमा भारि गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.३१ अकंले घटेर १८३८.४८ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६८ कम्पनीको ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४११ रुपैयाँको कारोबार भएको छ ।
आइतबार कालिञ्चोक दर्शनको सेयरमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको आज प्रतिकित्ता ३१ रुपैयाँ १० पैसाले बढेर ३४२ रुपैयाँ ९० पैसा पुगेको छ ।
साथै, सानिमा ग्रोथ फण्डको ६.४६ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको २.१५ प्रतिशत, नलिब डिबेञ्चरको १.९९ प्रतिशतले सेयर मूल्य बढेको छ ।
