ब्याजदर कम हुने आशामा लगानीकर्ता: बजार झिनो अकंले बढ्यो, कारोबार रकम भने छैन सुधार !

काठमाडौं । साताको पहिलो दिन राताम्य भएको बजार आज भने झिनो सुधार आएको छ । अहिले ब्याजदर एकल बिन्दुमा झार्ने बारे नियामक निकाय देखि सरकारी पक्ष छलफलमा जुट्दा बजार सकरात्मक तिर र्फिकएको हो ।
वािणज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको छाता संगठन नेपाल बैंकर्स संघले बुधवार अर्थात चैत २९ गते नयाँ वर्ष २०८० को बैशाखमा लागू हुने ब्याजदरको विषयमा छलफलका लागि बोलाएपछि ब्याजदर घट्ने आशाले पनि बजार सुधार तिर गएको हो ।
पछिल्लो समय ब्याजदर घटाउनका लागि चौतर्फी दबाब आईरहेको छ । सरकार पक्षले पनि निरन्तर ब्याजदर कम गर्ने सुझाब दिइरहेको छ । देशको वर्तमान अवस्था, ब्याजदर, सेयर बजार, विदेशी विनियम सञ्चिति, मूल्य वृद्धि लगायतका विषयमा छलफल भएपछि लगानीकर्ता आशावादी भएका हुन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.५४ अकंले बढेर १८४४.०२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६१ कम्पनीको २९ लाख ६० हजार ८६३ कित्ता सेयर किनबेच हुदाँ ९१ करोड १९ लाख ७६ हजार ४९ रुपैयाँको कारोबार भएको छ ।
सोमबार फाइनान्स समूहको सेयर मूल्य घट्न पुगेको छ भने अन्य १२ उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको ०.३५ प्रतिशत, विकास बैंक समूहको ०.५४ प्रतिशत, हाइड्रोपावर समूहको १.७१ प्रतिशत, जीवन बीमा समूहको ०.१८ प्रतिशत लगायत १२ उपसूचकमा हरियाली भएका छन् ।
