यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

काठमाडौं । सोमबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार सुधार तिर लम्किए पनि कारोबार रकम भने एक अर्ब पुग्न सकेको छैन । अहिले चौतर्फी ब्याजदर एकल बिन्दुमा झार्नुे पर्ने विषमा चर्चा भइरहदाँ बजार सकरात्मक बन्न पुगेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.५४ अकंले बढेर १८४४.०२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६१ कम्पनीको २९ लाख ६० हजार ८६३ कित्ता सेयर किनबेच हुदाँ ९१ करोड १९ लाख ७६ हजार ४९ रुपैयाँको कारोबार भएको छ ।
आज शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ६ करोड ८४ लाख १८ हजार रुपैयाँको कारोबार भएको छ ।
साथै, सानिमा मिडिल तमोर हाइड्रोपावरको ६ करोड ६५ लाख ६८ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको २ करोड ७० लाख २७ हजार रुपैयाँको कारोबार भएको छ ।
