२ कम्पनीको सेयरमा सर्किट, कुन कम्पनीका लगानीकर्ताले कति कमाए

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.५४ अकंले बढेर १८४४.०२ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६१ कम्पनीको २९ लाख ६० हजार ८६३ कित्ता सेयर किनबेच हुदाँ ९१ करोड १९ लाख ७६ हजार ४९ रुपैयाँको कारोबार भएको छ ।
सोमबार २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज सानिमा मिडिल तमोर हाइड्रोपावर र कालिञ्चोक दर्शनको सेयर सर्किट लागेको छ ।
साथै, बराही हाइड्रोपावरको ५.८८ प्रतिशत, मन्दाकिनि हाइड्रोपावरको ४.५६ प्रतिशत र शुभम पावरको ४.२७ प्रतिशतले सेयर मूल्य बढेको छ ।
