कालिञ्चोक दर्शनको सेयर सर्किट, यी कम्पनीले लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से २७.३१ अकंले बढेर १८७१.३३ को बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६२ कम्पनीको ३३ लाख १५ हजार ७२० कित्ता सेयर किनबेच हुँदा ९४ करोड ५२ लाख ४९ हजार १७९ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार एक कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । कालिञ्चोक दर्शनको सेयर सर्किट लागेको छ । साथै, आर्दश लघुवित्त ९.६९ प्रपतिशत, सिर्जशिल लघुवित्त ७.६८ प्रतिशत, युनिक नेपाल लघुवित्त ७.४३ प्रतिशत,छयाङ्दी हाईड्रपावर ७.४३ प्रतिशतले बढेको छ ।
