चालु आर्थिक वर्षको ८ महिनामा नेप्सेमा २५ अर्ब ५९ करोडको बोनस सेयर सूचीकृत « Arthapath.com
१२ असार २०८२, बिहीबार

चालु आर्थिक वर्षको ८ महिनामा नेप्सेमा २५ अर्ब ५९ करोडको बोनस सेयर सूचीकृत



काठमाडौं । २०७८ फागुन मसान्तमा २५ अर्ब ५९ करोड बराबरको बोनस सेयर सूचीकृत भएको छ ।

राष्ट्र बैंक सार्वजनिक गरेको तथ्याङ अनुसार २०७९ फागुन मसान्तमा सूचीकृत ७ अर्ब १२ करोड शेयरको चुक्ता मूल्य रु.७०१ अर्ब ९९ करोड रहेको छ । आठ महिनामा रु.३५ अर्ब बराबरको विकास ऋणपत्र, रु.२८ अर्ब ४४ करोड बराबरको डिबेन्चर, रु.१४५ अर्ब ५ करोड बराबरको साधारण शेयर, रु.४ अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र ४ अर्ब ११ करोड बराबरको हकप्रद शेयरगरी कुल रु.२४२ अर्ब ६९ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

फागुन मसान्तमा २६६८.१२ रहेको नेप्से सूचकाङ्क २०७९ फागुन मसान्तमा १९५३.०६ कायम भएको छ । २०७९ फागुन मसान्तमा धितोपत्र बजार पँुजीकरण रु.२८२३ अर्ब ६८ करोड कायम भएको छ । २०७८ फागुन मसान्तमा बजार पुँजीकरण रु.३७८२ अर्ब ७९ करोड रहेको थियो । २०७९ फागुनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २४५ पुगेको छ ।

सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ६५ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका । २०७८ फागुनमा सूचीकृत कम्पनीहरूको संख्या २२८ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६४.७ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत्कम्पनीको हिस्सा १३.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा १.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.४ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्