मकर जितुमायाको आइपीओ भोलि बाँडफाँट हुने, २ जना भाग्यमानीले ११ कित्ता पाउने

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँटको मिति तय भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बुधबार अर्थात चैत २९ गते दिउँसो १.३० बजे कार्यालयमा हुने तयारी गरेको हो ।
कम्पनीको आइपीओमा मागभन्दा ११.११ गुणा बढी आवेदन परेको थियो । १३ लाख २५ हजार ८४७ जनाले कुल १ करोड ४७ लाख ३५ हजार ५३० कित्ताको लागि आवेदन दिएका छन् । सोहि कारण आइपीओ हात पार्ने भाग्य कै भर पर्नु पर्ने देखिएको छ । गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुदाँ१ लाख ३३ हजार ७३० जनाले मात्र १० कित्ता सेयर हात पार्नेछन् । जसमा २ जना भाग्यमानीले ११ कित्ता आउनेछन् । बाँकी ११ लाख ९२ हजार हात रित्तो हुनेछ ।
कम्पनीले चैत १९ गतेदेखि २२ गतेसम्म आइपीओ निष्कासन गरेको थियो । प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । यसमध्ये ५ प्रतिशत अर्थात ८० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३२ लाख २८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।
बाँकी १३ लाख ३७ हजार ३०२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो ।