हरियाली बजारमा यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

काठमाडौं । धेरै समय पछि सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९२.२२ अकंले बढेर १९६३.५५ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६७ कम्पनीको ६१ लाख ७ हजार ४२५ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ९७ करोड ६० लाख ७६ हजार रुपैयाँको कारोबार भएको छ ।
आज शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ११ करोड ७१ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ ।
बुधबार एनआइसी एशिया बैंकको ६ करोड २९ लाख ५० हजार रुपैयाँ, हिमालयन डिष्टिलरीको ६ करोड ३ लाख रुपैयाँ, नबिल बैंकको ५ करोड ३३ लाख रुपैयाँ र अपि पावरको ४ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ ।
