फेरि थपियो एकैदिन तीन कम्पनीको बोनस सेयर, कुनको कति कित्ता ?

काठमाडौं । महालक्ष्मी विकास बैंकसहित तीन कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
बिहीबार महालक्ष्मी विकास बैंक, युनियन लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्स बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
महालक्ष्मी विकास बैंकले ४ प्रतिशत बोनस बापतको १६ लाख ४ हजार ३५३.३१ कित्ता, युनियन लाइफको ८.८९ प्रतिशत बोनस १९ लाख २८ हजार ५५० कित्ता र पोखरा फाइनान्सको ४ प्रतिशत बोनस बापतको ४ लाख १६ हजार ३६७.९२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यी तीनै कम्पनीको बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएप्छि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।