यो वर्षको अन्तिम कारोबार दिन: चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति बिक्यो सेयर ?

काठमाडौं । सेयर बजार वृद्धिमा बिहीवार ब्रेक लागेको छ । साताको अन्तिम कारोबार दिन बजार दोहोरो अंकले वृद्धि भएको हो ।
बुधावर उछाल आएको बजारको रौनकता एकदिन पनि टिक्न सकेको छैन् । आज बजार २९.०७ अंकले घटेको छ । आज बजार परिसुचक १९३४.४७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै समूहहरु राताम्मे बनेका छन् । १ अर्ब ६५ करोड ३३ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
बिहीवार शिवम सिमेन्ट सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ४२ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज कम्पनीको २ लाख ४ हजार ८३७ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन डिस्टीलरीको भने ६ करोड ८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । कम्पनीको २९ हजार ५०४ कित्ता सेयर कारोबार भएको हो ।
यस्तै, तेस्रो स्थानमा रहेको एनआईसी एशिया बैंकको ५ करोड ३५ लाख १६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज बैंकको ७३ हजार ६९६ कित्ता सेयर खरिदबिक्री भएको हो ।
आज नबिल बैंकको भने ४ करोड ५९ लाख १७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । बैंकको आज ७२ हजार ७८५ कित्ता सेयर किनबेच भएको छ ।