नयाँ वर्षमा पनि लगानीकर्ता देखिएनन् उत्साहित, कारोबार रकमले पनि दिएन साथ

काठमाडौं । नयाँ वर्ष २०८० लाई सेयर बजारले स्वागत गर्ने सकेको छैन । नयाँ वर्षको पहिलो कारोबारको दिन बजार सामान्य अकंले घटेको छ ।
अर्थतन्त्रका अधिकांश सूचक सुधार तिर लम्कि रहेको भए पनि लगानीकर्ता अझैं केहि अन्यौलमा रहेका छन् । सरकारले आफुले दिएको आश्वासन पुरा गर्छ कि गर्दैन ? सरकार दिगो रहन्छ कि रहदैंन ? लगानी गर्ने बातावरण अझैं बनेको छ कि छैन ? भन्ने अनेकौं अन्यौलले लगानीकर्ता डराएका छन् ।
साथै, केहि कारोबारका बढेको बजार आज सामान्य करेक्सन मात्र हुन पुगेको केहि जानकारहरु बताउछन् । बजारले गत लिने र अब आसै बजार घट्नु पर्ने कारण नदेखिएको केहि लगानीकर्ताहरु बताउछन् ।
नेपाल स्टक एक्सेचञ्ज (नेप्से) २.८० अंकले घटेर १९३१.६८ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६५ कम्पनीको ३० लाख ५६ हजार ७७५ कित्ता किनबेच हुदाँ ९७ करोड ४५ लाख ९९ हजार ६१ रुपैयाँको कारोबार भएको छ ।
आइतबार ४ उपसूचकमा हरियाली छाएको छ भने ९ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.०१ प्रतिशत, होटल तथा पर्यटन समूहको ४.६५ प्रतिशत, जीवन बीमा समूहको ०.०९ प्रतिशत र निर्जीवन बीमा समूहको ०.२२ प्रतिशतले सेयर मूल्य बढेको हो ।
