यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजारमा घटेको छ। नेपाल स्टक एक्सचेञ्ज नेप्से २.८० अकंले घटेर १९३१.६८ को बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६५ कम्पनीको ३० लाख ३५ हजार १४१ कित्ता सेयर किनबेच हुँदा ९६ करोड ६२ लाख २२ हजार ७१४ रुपैयाँको कारोबार भएको छ ।
आइतबार एशियन हाईड्रपावरको ७.८५ प्रतिशत, सगरमाथा जलविद्युत्त कम्पनीको ६.७६ प्रतिशत, आरबीबी म्युचुअल्ट फण्डको ५.१३ प्रतिशत, महुली लघुवित्तको ४.५९ प्रतिशतले घटेको छ ।
