सेयर बजारमा फर्कियो रौनक, के अब लय समाउला त ?

काठमाडौं । साताको अन्तिम कारोबारको दिन समेत सेयर बजारले उकालो यात्रालाई निरन्तरता दिएको छ । हिजो दोहोरो अकंले सुधार आएको बजार आज पनि सोहि निरन्तरता पाएको हो ।
मौद्रिक नीतिको तेस्रो समक्षिाले आन्तरिक बजारलाई चलायमान बनाउने सेयर बजारलाई अप्रत्यक्ष पृष्ठपोषण गर्ने उपाय अघि सारेको हुदाँ बजार सेयर बजारमा हरियाली देखिएको छ । बजारमा अधिकतर ब्याजदर घटाउन केन्द्रिय बैंकले विद्यमान बैंक दर (स्थायी तरलता सुविधाको दर)लाई ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशतमा झारेको छ । यसले निक्षेपको ब्याजदर अझै क मगर्न सघाउँछ र बैंकहरुलाई कर्जाको ब्याजदर घटाउन उत्प्रेरित गर्छ । राष्ट्र बैंकले बजारमा तरलता बढाउने र ब्याजदर घटाउने नीति लिएसँगै कर्जा सहज हुनेमात्र होइन, ब्याजदर घट्ने पृष्ठभूमि तयार भएको छ । यस्तो कर्जा सर्वप्रथम सेयर बजारमा प्रवाह हुने छ । किन की, अहिले सेयर बजार नै सबैभन्दा सम्भाव्य बृद्धिको ‘प्लेटफर्म’ हो ।
अल्पकालिन तथा चालू पुँजी कर्जालाई पनि नियमित ब्याज तिरेको अवस्थामा ३ महिनाको म्याद थप्ने सुविधा दिइएको छ । यसले पनि ३ महिनाको अवधिमा सेयर बजारमा पैसा लगाएर नाफा असुल्ने बाटो सुनिश्चित गरिदिएको छ । सोहि कारण बजारमा हरियाली देखिएको आंकलन गर्ने थालिएको हो ।
यता, बजेटको तयारीमा समेत अर्थमन्त्रालय लागि परेको छ । भोलि अर्थात जेठ ५ गते सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । लगानीकर्ताका माग सम्बोधन हुने आशाले बजारमा उत्साह छाएको छ । अर्थमन्त्री प्रकाशसरण महतले पनि पूँजी बजारमा सुधारका लागि आफु सकरात्मक प्रतिक्रिया दिदै आएका छन् । सो कारण पनि लगानीकर्ता आशावादी बनेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.३० अकंले बढेर १८७७.३२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा सूचीकृत २६४ कम्पनीको ४४ लाख २२ हजार १८६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रुपैयाँको कारोबार भएको छ ।
बिहिबार १३ उपसूचक नै हरियाली भएका छन् । आज बैंकिङ समूहको १.१० प्रतिशत, विकास बैंक समूहको २.५५ प्रतिशत, फाइनान्स समूहको २.१७ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.७५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज नेपाल टेलिकमको ८ करोड ६३ लाख, शिवम सिमेन्टको ७ करोड ११ लाख रुपैयाँ र एनआइसी एशिया बैंकको ६ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।

