बिहिबार यी सात कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर बजारमा सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.२७ अकंले बढेर १९३९.६१ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सुचीकृत २७३ कम्पनीको ५९ लाख ६२ हजार ९३ कित्ता सेयर किनबेच भएको छ । सेयर बजारमा सामान्य सुधार आउँदा २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९३१ रुपैयाँको कारोबार भएको छ ।
आज आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर १० करोड २६ लाख रुपैयाँको कारोबार भएको छ ।
साथै, सिद्धार्थ इन्स्योरेन्सको ९ करोड ६३ लाख रुपैयाँ, शिवम सिमेन्टको ८ करोड ७० लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८ करोड २८ लाख रुपैयाँ, नेपाल टेलिकमको ८ करोड २२ लाख रुपैयाँ, सोल्टी होटलको ७ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ ।
