नेप्से सूचकाङ्क १८२१.६५ कायम, धितोपत्र बजार पूँजीकरण २६५७ अर्ब ७६ करोड

काठमाडौं । २०८० बैशाख मसान्तमा नेप्से सूचकाङ्क १८२१.६५ कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार यस्तो देखाएको हो ।
२०७९ बैशाख मसान्तमा नेप्से सूचकाङ्क २३५०.४३ रहेको छ । २०८० बैशाख मसान्तमा धितोपत्र बजार पूँजीकरण रु २६५७ अर्ब ७६ करोड कायम भएको छ । २०७९ बैशाख मसान्तमा बजार पुँजीकरण रु.३३४३ अर्ब ५६ करोड रहेको थियो।
२०८० चैतमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २५३ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ७२ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ६ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। २०७९ बैशाखमा सूचीकृत कम्पनीहरूको संख्या २२९ रहेको थियो ।