नेप्सेमा युनिक नेपाल लघुवित्तको एफपिओ सूचीकृत « Arthapath.com
३ असार २०८०, आईतवार

नेप्सेमा युनिक नेपाल लघुवित्तको एफपिओ सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको एफपिओ सूचीकृत भएको छ ।

आइतबार युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओ सूचीकृत भएको छ । कम्पनीको ३ लाख ७९ हजार ४२५ कित्ता एफपिओ सूचीकृत भएको हो ।

कम्पनीले जेठ ११ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ बिक्री खुला गरेको थियो । कुल ३७ हजार ९४२ जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताकै दरले सेयर पाएका थिए भने जसमध्य ५ जनाले ११ कित्ता सेयर पाएका छन् ।


प्रतिक्रिया दिनुहोस्