नयाँ ब्रोकर कम्पनीको सेवा संचालन कहिले ? यस्तो छ तयारी ! « Arthapath.com
१३ असार २०८०, बुधबार

नयाँ ब्रोकर कम्पनीको सेवा संचालन कहिले ? यस्तो छ तयारी !



काठमाडौं । अनेकौं उताप चडावकाबीच नयाँ स्टक ब्रोकर लाइसेन्स प्रक्रिया अगाडि बढेको छ । लगानीकर्ता हरेक सुझाव देखि आन्दोलनमा उठाउदैं आएको नयाँ ब्रोकर लाइसेन्स माग सम्बोधनले लगानीकर्तामा उत्साह थपिएको छ ।

ब्रोकर लाइसेन्स दिने प्रक्रियाबीच अदालतको फन्दामा पर्नु, अर्थ समितिको लाइसेन्स अगाडि बढाउन दिएको निर्देशन, विभिन्न चलखेलका कुरा तथा अनेकौं समस्याबीच तिव्र रुपमा अगाडि बढ्न पाएन् ।

विभिन्न समस्याकाबीच पनि नेपाल धितोपत्र बोर्डले १८ वटा नयाँ ब्रोकरलाई सञ्चालन अनुमति (लाइसेन्स) प्रदान गरेको छ । बोर्डबाट लाइसेन्स प्राप्त गरेका मध्ये ७ ब्रोकरहरुले नेपाल स्टक एक्चेन्जमा सदस्यताका लागि आवेदन दिएका थिए ।

७ ब्रोकरको सदस्यता अनुमति के हुदैंछ ?

नेप्सेले ७ वटै ब्रोकरलाई सैद्धान्तिम सहमति दिइ डाटा सेन्टर लगायतका पूर्वाधार बारेमा आवश्यक अध्ययन गरी रहेको नेप्सेमा प्रवक्ता मुराहरि पराजुलीले अर्थपथलाई जानकारी दिए । उनले भने, ‘सात वटालाई सैद्धान्तिक सहमति दिई सकेउ अब उनीहरु डाटा सेन्टर लगायतका पूर्वाधारको बारेमा आवश्यक अध्ययन आउने छन् । त्यस पश्चात मात्र नेप्सेले सदस्यताका लागि अनुमति दिनेछ’ उनले भने ।

‘अब धितोपत्र बोर्डले संचालन अनुमति दिएकाहरुको नेप्सेले सैद्धान्तिम सहमति दिदैं उनीहरुको पनि भौतिक पूर्वाधारहरु निरिक्षण गर्दै सदस्य दिने काम हुन्छ’ पराजुलीले भने ।

कहाँ पुग्यो अन्य ब्रोकरको लाइसेन्स प्रक्रिया ?
नेपाल धितोपत्र ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका मध्य ४३ कम्पनीहरुलाई आशयपत्र प्रदान गरेको थियो । जसमा १८ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स प्रदान गरी सकेको छ भने बाँकी २५ ब्रोकर कम्पनीहरु बाँकी नै रहेका छन् ।

बाँकी रहेका २५ कम्पनीहरुको पूर्वाधार अनुगमन पुरा गरी बोर्डमा आवेदन दिए पछि लाइसेन्स दिन प्रक्रिया अगाडि बढ्ने नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए । ‘पूर्वाधार अनुगमन गर्ने टोलिले आशय पत्र पाएका ब्रोकरहरुको निरीक्षण गरी रहेका छन्’ उनले भने, ‘पूर्वाधार निरिक्षण समितिले २ ३ ब्रोकरको पूर्वाधार तयार भएको र बोर्डलाई प्राप्त भए पश्चात लाइसेन्स दिने प्रक्रिया अगाडि बढाउछौं ।’

के भन्छन् लगानीकर्ता ?
नयाँ ब्रोकर खुल्ले भएसँगै लगानीकर्तामा उत्साह छाएको लगानीकर्ता रोहन कार्कीले बताए । नयाँ ब्रोकर आएको दिन सेयर बजार विकास तथा बिस्तारका लागि इतिहासिक दिन हुने उनको तर्क छ । उनले भने, ‘नयाँ ब्रोकर आउने कुरा निश्चित नै भइसकेको छ । यसले पूँजी बजारमा थप उत्साह थप्छ ।’

पूँजी धेरै भएका र प्रतिस्पर्धी तथा सक्षम ब्रोकर कम्पनी आउने आशाले लगानीकर्तामा उत्साह आएको लगानीकर्ता तिलख कोइरालाले बताए । ‘बजारलाई थप चलयमान बनाउछ । दैनिक कारोबार रकम वृद्धि हुन्छ । लगानीकर्ता जसले राम्रो सेवा सुविधा दिन्छ त्यसमा छनोट गर्ने अवसर मिल्छ नयाँ ब्रोकरले बजारलाई भविष्यमा अझै राम्रो बनाउछ’ कोइरालाले भने ।

के छ नयाँ ब्रोकरको तयारी
नेप्सेबाट सदस्यका लागि आवेदन दिएका ब्रोकरहरुले अनुमति पाउने वित्तीकै कारोबार गर्ने सक्षम भएको न्यू स्टक ब्रोकर एसोसिएसन नेपालका संयोजक सागर ढकालले बताए । उनले भने, ‘ब्रोकर कम्पनीको कार्यालय बन्ने काम देखि कर्मचारी नियुक्ति बोर्डको प्रमाणपत्र अघि देखि नै तयार भइसकेको छ । ७ ब्रोकर कम्पनी कारोबार गर्ने तयार छन् र नेप्सेबाट अलि ढिलो भइरहेको छ’


प्रतिक्रिया दिनुहोस्