किन्ने होइन त प्रतिकित्ता ७०० रुपैयाँमा नै स्वावलम्बन लघुवित्तको सेयर !

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्यकएको छ । कम्पनीले संस्थापक सेयरधनी ज्ञानेन्द्र प्रसाद पाण्डेको नाममा रहेको ९३६ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको खरिद बिक्री मूल्य ७०० रुपैयाँ रहेको छ ।
उक्त खरिदको लागि अन्य व्यक्ति तथा कम्पनी संघ संस्थाहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा आफुले खरिद गर्ने सेयर संख्या खुलाई आवेदन पेश गर्ने सक्नेछन् ।
साथै, तोकिएको अवधिमा सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्तसेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।