घटेको बजारमा कसले कमाए ? कसले गुमाए ? « Arthapath.com
४ भाद्र २०८०, सोमबार

घटेको बजारमा कसले कमाए ? कसले गुमाए ?



काठमाडौं । सोमबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन बजार १२.९३ अंकले घटेको हो ।

उक्त दिन बजार परिसुचक १९९८.२८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै समूहहरु राताम्मे बनेका छन् । आइतबारको तुलनामा कारोबार रकम पनि घटेको छ । आज १ अर्ब ४० करोड ८९ लाख ८१ हजार रुपैयाँ बराबरको ४१ लाख ६३ हजार ८७२ कित्ता सेयर किनबेच भएको छ ।

बजार पुरै राताम्मे बन्दा पनि सोमबार दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । सो दिन लक्ष्मी लघुविको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ६६ रुपैयाँ २० पैसाले वृद्धि भई ७२८ रुपैयाँ २० पैसा कायम भएको छ ।

यस्तै, कुथेली बुखरी स्माल हाइड्रोपावरको सेयर मूल्यमा पनि सकरात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य पहिलो दिन १० प्रतिशत अर्थात ४७ रुपैयाँ ९० पैसाले बढेर ५२६ रुपैयाँ ९० पैसा पुगेको छ । आज यी दुई कम्पनीसहित सामालिङ पावर, सुपर मादी , सयपत्री हाइड्रोपावर लगायतका लगानीकर्ताले कमाएका छन् ।


तर, मेन्छियाम हाइड्रोपावर, हिमालयन पावर पार्टनर, भुगोल इनर्जी, बलेफी हाइड्रोपावर लगायतका लगानीकर्ताले उच्च दरमा गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्