बजार दोहोरो अकंले घट्यो, अबको दिसा कता ? « Arthapath.com
७ आश्विन २०८०, आईतवार

बजार दोहोरो अकंले घट्यो, अबको दिसा कता ?



काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अकंले घटेको छ । तीन दिन हरियाली भएको बजार आज करेक्सन भएको हो ।

राष्ट्र बैङ्कले सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने वा संशोधन गर्ने सङ्केत पाएसँगै सेयर बजार सुधार तिर लम्किएको थियो । अर्थमन्त्री र गभर्नरबीच सेयर धितो कर्जामा लगाइएको १२ करोडको क्याप हटाउने वा संशोधन गर्ने लगायतका विषयमा गभर्नरले ग्रीन सिग्नल दिएको समाचार बाहिरि पछि गत साता बजार सुधार तिर गएको थियो । तर, यो साताको पहिलो कारोबारको दिन मै बजार ओरालो लागेको छ ।

बजार आज १९.४२ अकंले घटेर २०१०.३५ बिन्दुमा बन्द भएको छ । आज २८५ कम्पनीको ९० लाख ३ हजार ९४१ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार माइक्रोफाइनान्सको सेयर मूल्य मात्र बढेको छ । अन्य समूहको सेयर मूल्य राताम्य भएको छ । आज माइक्रोफाइनान्सको सेयर मूल्य ०.९९ प्रतिशतलेबढेको हो ।

आज माछापुच्छ«े बैंकको १३ करोड २४ लाख रुपैयाँ र सन नेपाल लाइफको ९ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्