हिमालयन लघुवित्तको सेयरमा नकारात्मक सर्किट, २२५ कम्पनीको सेयर मूल्य घट्यो « Arthapath.com
३ असार २०८२, मंगलबार

हिमालयन लघुवित्तको सेयरमा नकारात्मक सर्किट, २२५ कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौँ । आइतबार २२५ कम्पनीको सेयर मूल्य राताम्य भएको छ । बजार आज दोहोरो अकंले ओरालो लाग्दा अधिकांश कम्पनीको सेयर मूल्य घटेको हो ।

पूँजी बजारमा नेप्सेमा सूचीकृत २८९ कम्पनीको ३५ लाख ५८ हजार ५५४ कित्ता सेयर किनबेच हुँदा ९७ करोड २३ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार हिमालयन लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६३ रुपैयाँले घटेर ५६७ रुपैयाँमा पुगेको छ । कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको रिपोर्टमा मुनाफामा भारी गिरावट र वितरणयोग्य नाफा ऋणत्मक भएसँगै कम्पनीको मूल्य घटेको हो ।

साथै, बराही हाइड्रोपावरको ७.९८ प्रतिशत, युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको ६.७६ प्रतिशतसहित२२५ कम्पनीको सेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्