सेयर बजारमा सुधार संकेत, १२ उपसूचक हरियाली, कारोबार समेत बढ्यो « Arthapath.com
३ असार २०८२, मंगलबार

सेयर बजारमा सुधार संकेत, १२ उपसूचक हरियाली, कारोबार समेत बढ्यो



काठमाडौँ । साताको तेस्रो दिन समेत सेयर बजारमा सुधार आएको छ । हिजो दोहोरो अकंले बढेको बजारले आज पनि निरन्तरता पाएको छ ।

बिस्तारै लगानीकर्ता मनोबल बलियो हुँदै गइरहेको छ । आइपीओ निष्कासनमा लेखा समितिले दिएको निर्देशनपछि लगानीकर्ता मनोबल वृद्धि भइरहेको छ । अब म्युचुअल फन्डले सेयर बाँडफाँड भएको ६ महिनासम्म आरक्षणको आइपिओ बेच्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नियमन विभागले एक निर्देशन जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो । सेबोनले म्युचुअल फन्डलाई आइपिओ बाँडफाँट भएको ६ महिनासम्म बिक्रीमा गर्न नपाउने व्यवस्था गरेको छ । कारोबारको पहिलो दिननै बजारमा सप्लाई दिएर बजार घटाउन थालेपछि बोर्डले म्युचुअल फन्डलाई आरक्षणको सेयर बिक्रीमा ६ महिने लकइन लगाएको हो । यसले बजारलाई सकारात्मक बाटो दिने आशा लगानीकर्ताले राखेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.२२ अकंले बढेर १८५८.७६ बिन्दुमा बन्द भएको हो । आज २८५ कम्पनीको ४३ करोड ३१ लाख २२९ कित्ता सेयर किनबेच हुँदा ९९ करोड ६५ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार बैंकिङ समूहको ०.२० प्रतिशत, विकास बैंक समूहको ०.४३ प्रतिशत, फाइनान्स समूहको १.२३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८० प्रतिशथ गरी १२ उपसूचकमा हरियाली आएको छ ।

आज हिमालयन बैंकको प्रोमोटर सेयरको ८ करोड १६ लाख रुपैयाँ र माछापुच्छे« बैंकको ६ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्