समयमै वित्तीय विवरण पेश नगर्ने ८९ कम्पनीलाई बोर्डले सोध्यो स्पष्टीकरण

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले वित्तीय विवरण समयमै पेश नगर्ने कम्पनीलाई स्पष्टीकरण सोधेको छ । कम्पनीको कात्तिक २० गते बसेको संचालक समितिको बैठकले समयमै वित्तीय रिपोर्ट नबुझाउने ८९ कम्पनीलाई स्पष्टीकरण सोधेको हो ।
संगठित संस्थाहरुले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १४ मा उल्लेखित विवरणहरु त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र बोर्डमा पेश गर्नु पर्ने हुन्छ । साथै त्यस्तो विवरण राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको छ ।
कम्पनीले यसअघि नै समयमा वित्तीय रिपोर्ट पेश गर्ने निर्देशन दिएपछि हालसम्म पेश नगरेका कम्पनीलाई पहिलो चरणमा स्पष्टीकरण माग गरेको बोर्ड एक अधिकारीले बताए । उनले भने, ‘यसअघि नै समयमा वित्तीय विवरण पेश गर्ने निर्देशन दिएका थियौ । तर अझै ८९ कम्पनीले पेश नगरेको देखियो । के कति कारणले पेश नगरेको भनि स्पष्टीकरण माग गरेको हो । चित्त बुझ्ने जवाफ नआए कारबाही प्रक्रिया अगाडि बढाउछौं ।’
समय मै रिपोर्ट पेश नगर्ने कम्पनीलाई ५० हजारदेखि १ लाखसम्मको कारोबार गर्ने ब्यवस्था रहेको छ ।