दशैं–तिहारबीचमा पनि बजारमा देखिएन उत्साह, लगानीकर्ता पर्ख र हेरको अवस्थामा, नयाँ स्टकले कस्तो गर्ला असर ?

काठमाडौँ । दशै तिहारको बिचमा समेत सेयर बजारमा उत्साह आउन सकेन । केहि महिना यता निरन्तर खुम्चि रहेको बजारले दशैं तिहारको बिदामा समेत निरन्तरता पाएको छ । लगानीकर्ताको आत्मबल कमजोर देखिएको छ । ठूला र संस्थागत लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा बसेका छन् भने साना लगानीकर्ताले मात्र यति ठूलो बजार उठाउन सकेका छैनन् ।
दशैं तिहारकोबीचमा बजार १० दिन खुला रहेको थियो । यसबिचमा बजार ६ दिन राताम्य र ४ दिन सुधारको संकेत देखिएको थियो । १० दिनको बीचमा नेप्से ५१.७४ बिन्दुले ओरालो लागेको हो । कारोबार समेत योबीचमा सुधार तिर गएको देखिएन् ।
दशैं तिहारको बीचमा १० दिन सेयर कारोबार हुँदा समेत बजार १ अर्ब माथि उक्लिन सकेन । लगानीकर्तालाई अझै लगानी गर्ने बातावरण तयार भएको छैन ।
सेयर बजारसँग सम्बन्धित नीतिगत अवरोधहरु कायमै छन् । बाह्य अर्थतन्त्र सुधार भएपनि आन्तरिक अर्थतन्त्रमा सुधार हुन सकेको छैन । बैंक ब्याजदर सस्तो हुनुपर्ने लगानीकर्ताको माग रहेदै आएको छ । यो बेला लगानीकर्ताको मनबोल वृद्धि गर्ने समेत नियामक निकाय मुखर्दशक भएको देखिन्छ । लगानीकर्ताले नियमित नियामक निकाय र नेपाल धितोपत्र बोर्डका कारण सेयर बजार धरासयी भएको प्रतिक्रिया दिदै आइरहेका छन् । राष्ट्र बैंकले नितिगत कुरा खुकुलो नगर्ने र बोर्डले नकारात्मक नेटवर्थ भएका कम्पनीहरुलाई समेत प्रिमियममा आइपीओ निष्कासन अनुमति दिएको लगानीकर्ताको गुनासो छ । यसले लगानीकर्ताको मनोबल खस्किदै गएको छ ।
बैंक तथा वित्तीय संस्थाले चालु आर्थिंक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरी रहेका छन् । सेयर बजारमा उच्च मूल्य हुने लघुवित्त कम्पनीको रिपोर्ट खस्किदै गएको छ । बैंकहरुको नाफा समेत असर परि रहेको छ । यस कारण पनि सेयर बजारले गति लिन सकेको छैन ।
परिसूचक भने १८ सय बिन्दुमा घुमि रहेको छ । यसअघि पनि १८ सय बिन्दुमा नेप्से परिसूचक आएपछि निरन्तर सुधारको संकेत देखिएको छ । यस एसियालाई निकै बलियो सपोर्ट जोनका रुपमा लिने गरीन्छ । यसअघि चर्को ब्याजदर, सेयर कर्जामा उच्च जोखिमभार अनि आम लगानीकर्ताको मनोविज्ञान नकारात्मक भएकाले नेप्से प्रभावित भएको हो । तर बजार सधैं एउटै रेखा र गतिमात्र हिँड्दैन । घटबढ यसको नियम हो । निरन्तर घटेर सस्तो भएको बजारमा एकाएक क्रेताहरु हावी हुन पनि सक्छन् ।
अब बजार मंसिर ४ गते खुल्ने छ । बजारलाई प्रभाव पार्ने विषय अब नयाँ स्टक एक्सचेञ्ज हो । कात्तिक २४ गते अर्थ समितिको बैठकले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकेको नयाँ स्टक एक्सेचेञ्जका लाइसेन्स प्रक्रिया अर्थ समितिले भने अघि बढाउन निर्देशन दिएको हो । प्रधानमन्त्रीले गत बैशाख २८ गते मन्त्रीपरिषद बैठकबाट नै नयाँ स्टकको लाइसेन्स रोक्ने निर्णय गरेका थिए । तर, शुक्रबार बसेको अर्थ समितिले भने प्रक्रिया अघि बढाउन निर्देशन दिइएको हो । सर्बोच्च अदालतको संवैधानिक इजलालसले पनि यसअघि नै नयाँ स्टकको लाइसेन्स प्रक्रिया अघि बढाउन आदेश दिईसकेको छ ।
तर, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले भने अर्थसमितिको निर्देशन प्रति असहमति जनाएका छन् । उहिले यो विषयलाई लिएर लगानीकर्ताहरुबीच पनि पक्ष–विपक्षमा बहस गर्ने थालेका छन् । सेयर लगानीकर्ताले मान्दै आएका सांसद हरी ढकालले नयाँ स्टक दिने कुरा अर्बौ रुपैयाँ घोटाला भएको बताएका छन् । यसको प्रभाव अब सेयर बजारमा पर्ने देखिन्छ । जसका लागि कात्तिक ४ गते सोमबार कुर्नु पर्ने हुन्छ ।
धितोपत्र बोर्ड नयाँ ब्रोकरलाई लाइसेन्स खुला गरेसँगै ब्रोकर संख्या बढेको छ । तर अहिलेसम्म नयाँ ब्रोकर सहर केन्द्रित छन् । अब उनीहरुले दुरदराजमा अलिबढी सक्रियता बढाएर नयाँ ग्राहक खोज्न थाले भने यसले क्रेता पक्ष बलियो बन्न सक्छ । पुराना ब्रोकरहरुले पनि आफ्नो नेटवर्क विस्तार गर्दै नयाँ ग्राहक बनाउन सके भने त्यसले पनि माग पक्ष बलियो बनाउन सहयोग पुग्ने देखिन्छ ।
लाभांश सिजन चलि रहेको छ । अधिकांश कम्पनीले लाभांश प्रस्ताव गरी रहेका छन् । यो बेला लगानीकर्ताको मनोबल वृद्धि गर्नेका लागि नियामक निकायले मुख्य भुमिका खेल्नु आवश्यक छ । नितिगत कुरामा खुकुलो र लगानीकर्ताको मनोबल वृद्धि तथा जानकारी दिन प्रशिक्षण समेत दिनु आवश्यक छ । निकायम निकायले लगानीकर्ता सप्ताह मनाउदा लगानीकर्तालाई नै उपस्थिति नगराउनुको कारण नियामक प्रति लगानीकर्ताको विश्वास घटेको मान्छ सकिन्छ ।